एकान्त टोल बिकास संस्थाको नवौ साधारणसभा

दाङ । दाङको घोराहीउपमहानगरपालिका वडा न. १५ भरतपुरस्थित एकान्त टोल बिकास संस्थाको नवौ बार्षिक साधारणसभा आज शनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शंकर गौतमको अध्यक्षतामा सम्पन्न साधारणसभाले एकान्त टोल बिकास संस्थाले पछिल्लो एक बर्षमा भए गरेका गतिविधि र आगामी कार्यक्रम बारे समेटेर संस्थाका सचिव हेमराज शर्माले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शरदकुमार आचार्यले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन सर्व सहमतिले पारित गरेको छ ।

एकान्त टोल बिकास संस्थाका उपाध्यक्ष शिवा शर्माको स्वागत मन्तब्यबाट साधारणसभा मालिलाधर पन्थी, बासुदेव खनाल, तारा गौतम, केशव खनाल इन्द्रमणि अधिकारी, टंक सुवेदी, हेमराज अधिकारी, नारायणप्रसाद शर्मा, नरदेव आचार्यलगायतकाले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव हेमराज शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस