प्रहरीलाई ढिला जानकारी आएकाले पक्राउ गर्न समस्या भयो: प्रहरी प्रमुख काफ्ले

दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि कालोमोसो दल्ने व्यक्तिहरु अहिले जिल्ला बाहिर भएकाले पक्राउ गर्न समस्या भएको दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताए ।

घटनाका बारेमा समयमा खबर नहुँदा पनि समयमै पक्राउ गर्न नसिकएको उनको बताए । उनले आफुहरुलाई घटना भएको २ घण्टापछि मात्रै जानकारी आएकाले पक्राउ गर्न असहज भएको बताए । अस्पतालमै प्रहरी २४ घण्टा खटिएको भएपनि उनीहरुलाई जानकारी नभएका कारण अस्पतालको हाता भित्रैबाट छोप्न नसकिएको बताए । तर समयमै जानकारी नदिनु नै शंकाको बिषय बनेको उनले बताए ।

अघिल्लो दिन पनि अस्पतालमा हातपातसम्म हुँदा पनि आफूहरुलाई कुनै खबर नआएको पनि प्रहरी उपरीक्षक काफ्लेले बताए । साथै अहिले अभियुक्तको खोजी कार्य जारी राखेको पनि उनले बताए । अभियुक्त परियार आज विहान ८ बजेतिर फेसबुक लाइभमा आएका थिए । अस्पतालमा वेथिति देखिएकाले कालोमोसो दल्न बाध्य भएको उनले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस