चिकित्सकमाथि गरेको अभद्र ब्यबहार बिरोधमा स्वास्थ्यकर्मीद्वारा प्रहरी कार्यालयमा धर्ना
दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि कालोमोसो दलेको एक दिन वित्दा पनि घटनामा संलग्नहरु पक्राउ नपरेपछि स्वास्थ्यकर्मीहरुले तुलसीपुर इलाका प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।
अस्पताल विकास समितिका पदाधिकारी, कार्यरत चिकित्सकलगायत सम्पूर्ण कर्मचारी, अन्य नीजि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले संयुक्तरुपमा आज शनिबार दिउँसो २ बजेदेखि ४ बजेसम्म ईलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन् । प्रहरीले नै यस विषयमा चासो नदिएको उनीहरुको आरोप छ ।
शुक्रबार दिउँसो पौने २ बजेतिर सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहित ४÷५ जना युवाहरुले डा. सिंह माथि दुव्र्यबहार गरेका थिए । अस्पतालमा कल्चर सेवा नभएको विषयमा विवादले उग्र रुप लिएपछि परियारसहितको टोलीले शुक्रबार डा. माथि कालोमोसो दलेका थिए ।