दाङमा बबई नदीले बगाउँदा एक जनाको मृत्यु

दाङ । दाङमा बबई नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका १ निवासी ५० वर्षीय वामदेव देवकोटा रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान करिब १० बजेतिर बबई नदीले नुहाउने क्रममा बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए । उनी सोही ठाउँको मलामी गएको थिए । उनलाई नदीले करिब ५०० मिटर तल बगाएर दंगीशरण ४ बैवाङमा लगेको प्रहरीले बताएको छ । साथै उनको शवलाई स्थानीयले फेला पारी नदी बाहिर निकालेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस