तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । प्रशासनले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै विज्ञान बिभागले ३ दिनसम्म दाङलगायत आसपासका क्षेत्रहरुमा अविरल बर्षा र भारी पानी पर्ने सम्भावना भएकाले सचेत रहन आग्रह गरेको हो ।

साथै प्रशासनले काठ, दाउँरालगायत अन्य कामका लागि नदि क्षेत्रमा नजान अनुरोध गरेको हो । दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले हस्ताक्षर गरेको बिज्ञप्तीमा तटिय क्षेत्रलगायत अन्य क्षेत्रका बासिन्दालाई पनि उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस