राप्ती नदीमा बगेर लमहीका एक जना बेपत्ता

दाङ । देउखुरीमा भैसी चराउन राप्ती नदी किनारमा गएका एक व्यक्ति नदीमा बगेर वेपत्ता भएका छन् । लमही नगरपालिका ७ निवासी ४५ बर्षिय सुन्दरराम चौधरी भैंसी चराउन गएको तर, घर नफर्किएपछि नदीमा बगेको आशकांमा खोजी जारी राखिएको छ ।

भैंसी घर फर्किए पनि मान्छे नफर्किएपछि परिवारले खोजी गरिदिन प्रहरी कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि ईलाका प्रहरी कार्यालय अमिलियाको टोली र स्थानीय बासिन्दा ती व्यक्तिको खोजीमा जुटेका छन् ।

हिजोदेखि चौधरीको खोजी जारी राखिएको र अहिलेसम्म फेला नपरेको जनाइएको छ । बुधबार दिउँसो भैंसी चराउन गएका चौधरी घर नफर्किएपछि हिजो प्रहरी कार्यालयमा निवेदन दिएका थिए । भैंसी घर फर्किए पनि मान्छे नफर्किएपछि नदीमा बगेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस