राप्तीमा योजना तथा कार्यक्रमको समिक्षा वडादेखि शाखासम्मको प्रगति प्रतिबेदन पेश

दाङ । राप्ती गाउँपालिकाको कार्यालयले गत आर्थिक वर्षको योजना तथा कार्यक्रमको समिक्षा गरेको छ । राप्ती गाउँपालिकाको ९ वडा वडा कार्यलयहरुको प्रगति तथा शाखाहरुको प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सार्वजनिक रुपमा समिक्षा गरिएको हो । राप्ती गाउँपालिका क्षेत्रका सरोकारवालाहरुको उल्लेख्य उपस्थीतिमा भएको समिक्षामा गत आर्थिक वर्षमा वडा तथा शाखाहरुले सञ्चालन गरेका योजना तथा कार्यक्रमको सञ्चालन बारे जानकारी गरिएको थियो ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको समिक्षा कार्यक्रमका लागि राप्ती गाउँपालिकाले सार्वजनिक रुपमा नागरिक तथा सरोकारवालाहरुलाई कार्यक्रममा सहभागी भैदिन अनुरोध गरिएको थियो । कार्यक्रममा वडा तथा शाखा गत रुपमा प्रस्तुत गरिएको प्रगति प्रतिबेदन उपर खुल्ला रुपमा सल्लाह सुझाव प्रदान गरिएको थियो । राप्ती गाउँपालिकाको गत आर्थिक वर्षको समिक्षा कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले राप्ती गाउँपालिकाले प्रकाशन गरेका यस आर्थिक वर्षको योजना तथा कार्यक्रम पुस्तक, प्रधानाध्यापक शिक्षक डायरी पुस्तक र गत आर्थिक वर्षको प्रगति प्रतिबेदन पुस्तक विमोचन समेत गरेका थिए ।

समिक्षा कार्यक्रममा वडा न १ देखि ९ सम्मका वडा सचिव राजेन्द्र पौडेल, सीता आचार्य, दामोदर पोखे्रल, असलेख चौधरी, मंगल प्रसाद चौधरी, सन्चीता पौडेल, शान्ता केसी तथा शाखा प्रमुख विश्वास विक, नारायण राउत, महेश अधिकारी, बासुदेव खनाल, रेशमराज अधिकारी, शेरबहादुर हमाल, अशोक बेल्वासे, प्रदिप बैदिक, नारायण बहादुर राउत, विकाश ज्ञवाली, तिर्थराज ज्ञवाली, बाल चन्द्र गुरुङ, मुमाराम भुसाल, गीता चौधरी, टिका बस्नेत, जिवन कुमारी जिसी, सुवास भट्राईलगायतले वडा गत तथा शाखा गत प्रतिबेदन प्रस्तुत गरेका थिए ।

समिक्षा कार्यक्रमको अवसर पारेर गत आर्थिक वर्षको कामको मूल्याङनको आधारमा राप्ती गाउँपालिकामा कार्यरत कोभिड १९ मा फ्रन्ट लाईनमा रहेर उत्कृष्ट काम गरेवापत ८ जना स्वास्थ्य कर्मचारी, दिर्घ सेवा गर्ने ४ जना कर्मचारीलाई दिर्घसेवा सम्मान र पेशागत समर्पण तर्फ ८ जना कर्मचारीलाई सम्मान समेत गरिएको छ । दिर्घसेवा सम्मानद्वारा गाउँपालिकाले कृषि विकास अधिकृत महेश अधिकारी, लेखा अधिकृत धन प्रसाद शर्मा, सिसहनिया स्वास्थ्य चौकीका सिअहेव धनबहादुर खड्का र महिला विकास निरीक्षक जिवन कुमारी जीसीलाई सम्मान गरिएको छ ।

कोभिड १९ मा फ्रन्टलाईनमा रहेर उत्कृष्ट काम गरेवापत सम्मान प्राप्त गर्ने स्वास्थ्यकर्मीमा लालमटिया स्वास्थ्य चौकी का मेडिकल अधिकृत डा. पुष्प भुसाल, सिसहनिया स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा. रेगन सिंह थापा, सि अनमी रमा पौडेल, हेल्थ असिस्टेन्ट निम बहादुर रावत, ल्याव असिस्टेन्ट रमेश चौधरी, कार्यालय सहयोगी डम्बर बहादुर जिसी, एम्वुलेन्स चालक विरबहादुर नेपाली र शत्रुधन चौधरी रहेका थिए ।

त्यसैगरी राप्ती गाउँपालिकाको गत आर्थिक वर्षको कार्य मूल्याङनको आधारमा पेशगत समर्पण सम्मान तर्फ शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत विश्वास विक, सञ्चार संयोजक तिर्थराज ज्ञवाली, पशु स्वास्थ्य प्राविधिक पाचौ कमल पुन मगर, प्रविधिक सहायक कृषि पाचौ सीमा भट्ट, असिस्टेन्ट सव ईन्जिनियर मनिषलाल चौधरी, कार्यालय सहयोगी बनारसी चौधरी, शिवलाल सुवेदी तथा हलुका सवारी चालक निर्मल शर्मालाई सम्मान गरिएको छ ।

समिक्षा कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले गाउँपालिकाद्वारा सञ्चालनमा रहेका योजना तथा कार्यक्रमको नागरिक तथा सेवा ग्राहिले निश्पक्ष ढंगले मूल्याङन गर्दै समिक्षात्कम सुझाव दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नागरिक समाजका दामोदर भण्डारी, नेपाली काग्रेशका दुर्योधन पाण्डे, राष्ट्रिय जनमोर्चाका केशब खनाल, पुर्व जनप्रतिनिधि शिवा शर्मा, जनमोर्चाका रमेश गुरुङ तथा मनोपरामर्श दाता गोपाल पौडेलले विचार सहित गाउँपालिकाको कार्य प्रगतिबारे समिक्षा गरेका थिए । राप्ती गाउँपालिकाले केहि दिनमै पुन गत वर्षको योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने बताएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस