राप्तीमा जेष्ठ नागरिक दिवा सेवा सुरु

दाङ । दाङ जिल्लाको राप्ती गाउँपालिकामा जेष्ठ नागरिकलाई लक्षित गरी दिवा सेवा सुरु भएको छ । ६० वर्ष माथिका नागरिकलाई एकै ठाउँ राखेर गफगाफ, भेटघाट गर्ने, मनोरन्जन गर्ने, दुखसुख साट्नेगरी बस्ने ब्यवस्थाका साथ दिवा सेवा सुरु भएको हो । बुधबार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले मसुरीया र सिसहनियामा सञ्चालनमा ल्याईएको दिवा सेवाको उद्घाटन गर्दै जेष्ठ नागरिकलाई मनोरन्जम गर्ने, केहि सिक्ने र धेरै सिकाउँने तथा दैनिक जिवनलाई सुखमय बनाउन दिवा सेवाले सहयोग गर्ने बताउँदै आफ्नो घरको फुरसदलाई सदुपयोग गर्दै दिवा सेवामा सहभागी हुन सबै जेष्ठ नागरिकलाई अनुरोध गरेका छन् ।

सार्वजनिक विदाको दिन बाहेर हरेक दिन दिवा सेवा सञ्चालन हुने बताउँदै गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले घरमा रहेका जेष्ठ नागरिकको उचित स्हार गर्ने छोरा, छोरी बुहारी तथा अन्य सदस्यलाई गाउँपालिकाले नियमित रुपमा सम्मान गर्दै आएको बताउँदै हरेक परिवारले आफ्ना घरमा रहेका जेष्ठ नागरिकलाई दिवा सेवामा सहभागी गराईदिन समेत अनुरोध गरे ।

सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षतामा भएको दिवा सेवाको उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्षहरु चन्दर चौधरी, गोवर्धन रावत, बेदप्रसाद चौधरीले जेष्ठ नागरिकको सम्मानका लागि दिवा सेवा प्रभावकारी बन्ने बताए ।दिवा सेवामा जेष्ठ नागरिकका लागि अध्यनका पाठ्यपुस्तक, मनोरन्जनका लागि बाद्य बादन सामाग्री र खाजाको रुपमा स्वास्थ्य वर्धक खाजाको ब्यवस्था गरिएको महिला विकास निरिक्षक जिवन जिसीले बताए । राप्ती गाउँपालिका महिला वालवालिका, अपाङ तथा जेष्ठ नागरिक शाखाले राप्ती गाउँपालिका क्षेत्रका जेष्ठ नागरिकलाई पाएक पर्ने गरि मसुरीया र सिसहनियामा दिवा सेवा सुरु गरिएको र यो सेवा नियमित रुपमा सञ्चालन हुने सहायक महिला विकास निरिक्षक कल्पना खनालले जानकारी दिइन् ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस