दाङ काठमाडौ हवाई भाडा घट्यो

दाङ । नेपाल वायुसेवा निगमले दाङ – काठमाडौ हवाई भाडा घटाएको छ । भोली भदौ १० गतदेखि लागु हुने गरी दाङ (काठमाडौको हवाई भाडा घटाईएको निगमले जनाएको छ ।
दाङ – काठमाडौंको उडानमा न्यूनतम हवाइ भाडादर ५ हजार ७ सय ७० र ६ हजार २ सय ७० रुपैयाँ कायम गरिएको छ ।
यसअघिको हवाई भाडादर ७ हजारदेखि ९ हजार ८ सय सम्म रहेको थियो । हवाई भाडा घटेपछि नागरिकलाई केहि राहात हुने निगमले जनाएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस