पशुपंक्षी उपचार केन्द्रद्वारा नवनिर्मित भवनबाट सेवा सुरु
दाङ । राप्ती गाउँपालिका पशु सेवा शाखाले पशुपंक्षि उपचार आफ्नै भवनबाट सेवा सुरु गरेको छ । वडा नं. ४ को गोपीनालामा रहेको पशुपंक्षि उपचार केन्द्रको नवनिर्मित भवनबाट सेवा सुरु गरेको पशु सेवा शाखा प्रमुख शेरबहादुर हमाल रिजालले जानकारी दिए ।
पशुपंक्षि उपचार केन्द्रले पशु सेवा प्रविधिक, पशु स्वास्थ्य प्रविधिक, नायव पशु स्वास्थ्य प्रविधिक गरी ५ जना कर्मचारीसहित आफ्नै भवनबाट निःशुल्क सेवा दिन सुरु गरेको रिजालले जानकारी दिए । गोपीनालामा रहेको पशुपंक्षि उपचार केन्द्रमा निःशुल्क रुपमा पशुपंक्षिहरुको गोवर परिक्षण, आन्तरिक बाहिरी परिजीवीको उपचार, पशुपंक्षि सम्बन्धी सम्पूर्ण रोगको उपचार, खोप सेवा, बन्ध्याकरण सेवा, कृतिम गर्भाधारण सेवा, परामर्श सेवा नियमित रुपमा सञ्चालन र्भईरहेको पशु स्वास्थ्य प्रविधिक कमल पुन मगरले जानकारी दिए ।
पशु सेवा शाखा प्रमुख शेरबहादुर हमाल रिजालका अनुसार शाखाले नियमित रुपमा हिउँदे र वर्षे घाँसका विउ, बेर्ना वितरण गर्दै आएको बताउँदै कृषक दाजु भाईदिदी बहिनीहरुलाई पशुपंक्षि तथा मत्स्य पालन गर्दा कुनै समस्या आएमा सम्पर्क गर्न अनुरोध गरे । पशु सेवा शाखाले छिटैनै आधारभूत प्रयोगशाला सञ्चालन गर्न लागेको बताउँदै रिजालले यस शाखाले सिसहनियाबाट समेत सेवा दिदै आएकोले वडा नं. ५ को कार्यालयमा रहेको उपचारकेन्द्रमा समेत सम्पर्क गर्न पशुपंक्षि पालकलाई अनुरोध गरे ।
राप्ती गाउँपालिका पशु सेवा शाखाले एक सूचना मार्फत पछिल्लो समय पशु पंक्षिमा लाग्ने सरुवा रोग जस्तै पी पी आर, खोरेत, चरचरे, भ्यागुते रोगको संक्रमण बढ्न सक्ने सम्भावना देखिएकोले पशुपंक्षि ओसार पसार गर्दा खोप लगाएको वा स्वास्थ्य मापडण्ड पूरा गरेको पशुपंक्षी खरिद बिक्री तथा ढुवानी गर्न सबैमा अनुरोध गरेका छ ।