महिला सामुदायिकको स्थापना दिवशमा २६औँ रक्तदान

दाङ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले २९औँ स्थापना दिवश रक्तदान गरेर मनाएको छ । केन्द्रले रक्त सञ्चार केन्द्र घोराहीमा रक्तदान गरेर स्थापना दिवश मनाएको हो । विगत २५ वर्षदखि हरेक वर्ष स्थापना दिवशमा निरन्तर रक्तदान गर्दै आएको संस्थाले २६औँ पटक स्थापना दिवशमा पनि रक्तदान गरेको हो ।
कार्यक्रममा २२ जनाले रक्तदान गर्नुभएको थियो । जसमा लक्ष्मी गुप्ता, सारदा पुरी, सुनिता गिरी, प्रज्ञा पुन मगर, झरना चौधरी, पूर्णीमा डाँगी, लिलाधर वली, बालिका जि।सी, हिक्मत दरलामी, प्रविण बुढाथोकी, गीता पौडेल, रकमबहादुर भण्डारी, खेमराज बस्नेतले रक्तदान गरेका थिए । यस्तै अमर सिंह, बिनोद आचार्य, संगीता गिरी, अभिनाश घर्ति मगर, बसन्ता खड्का, बिरेन्द्र पुनमगर, हिक्मत घर्ति मगर, रोशन डाँगी र अभियान घर्तिले रक्तदान गरेका थिए ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल महिला सामुदायिक सेवा केन्द्र लामो समयदेखि महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको बताउँदै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिएमले महिलाहरुको चौतर्फी विकासका लागि संस्थाले लामो समयदेखि काम गर्दै आएको बताए । सामाजिक कार्यमा क्रियाशील संस्था भएकाले सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक भएको उनको भनाई थियो ।
विशिष्ठ अतिथि रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपानेले नेपाल महिला सामुदायिक सेवा केन्द्रले लामो समयदेखि हरेक बर्ष स्थापना दिवशको अवसरमा रक्तदान गरिरहेको बताए । साथै उनले रक्तदान नै जिवनदान भएकाले रक्तदान गर्न सम्पूर्णमा अनुरोध पनि गरे । नेपाल महिला सामुदायिक सेवा केन्द्रका सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम प्रमुख आरके शीतलले गरेका थिए ।