सल्यानमा १०८ शिवलिंग निर्माण

सल्यान । सल्यानको शारदा नदी किनारमा १०८ शिवलिंग निर्माण गरिएको छ । स्थानीय पर्यटन प्रर्वद्धन र प्रचारप्रसार गर्ने गरि जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ लान्तिबजारस्थित शारदा नदी किनारमा शिवलिंग निर्माण गरिएको हो । छत्रेश्वरी गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको बैकुण्ठ धामको सोमबार प्राणप्रतिष्ठा गरिएको छ
धार्मिक तथा पर्यटकीय स्थलले धनी छत्रेश्वरीमा पर्यटक आक्रषणका थुप्रै क्षेत्र रहेका छन् । छत्रेश्वरीलाई नै धार्मिक गाउँपालिका बनाउने उद्देश्य अनुसार लान्तिमा रहेको बैकुण्ठ धाममा थुप्रै संरचना निर्माण गर्न लागिएको स्थानीयले बताएका छन् । १०८ शिवलिंग निर्माण उपभोक्ता समितिका अध्यक्ष यदकर दाहालले पर्यटन प्रवद्र्धनका लागि यहाँ थुप्रै संरचना निर्माण गर्न लागिएको जानकारी दिए ।
उनले यस क्षेत्रमा १०८ तुलसीमठ, १०८ धारा, १०८ जातका पुष्प, १०८ प्रजातीका रुख निर्माण गरिने जानकारी दिए । यस्तै यहाँ नै पिकनिक स्पोट्र्स, बाल उद्यानलगायत पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको जनाइएको छ । यसैविच बैकुण्ठ धाममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई, छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीलगायतको उपस्थितीमा पुजाआजा समेत गरिएको छ ।