अफगानिस्तानबाट १२७ नेपाली आइपुगे काठमाडौं

काठमाडौँ । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । 

जजिरा एयरको विमानमार्फत् कुबेत हुँदै  १ सय २७ जना नेपाली आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले उद्धार गरी कतारको दोहा पुर्‍याएको थियो ।

तीमध्ये १ सय २७ जना मंगलबार नेपाल आइपुगेको हो । 

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस