बेसाहाराको साहारा बन्दै वडा सरकार

दाङ । बैसाखीको साहारामा कहिले यता त कहिले उता गरिरहेका मोतिलाल बिक, बिगत १० महिनादेखि देब्रे खुट्टा भाँचिएर बैसाखीको साहारामा जिवन गुजारी रहेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मनिकापुरका बिक आफै मात्रै पिडित छैनन् उनको श्रीमती बुद्धमती कामी पनि एउटा आँखा पटक्कै देख्न सक्दिनन् भने अर्काे आँखाले पनि टाढाको कुरा ठम्याउन सक्दिनन् । ३ बर्षको छोरा दुर्गाबहादुर बिकको पनि देब्रे खुट्टाको समस्याले अप्रेशन गरेका छन् ।
२०७७ असोज २४ गते साँझ बाटोमा हिडिरहेको बेला मोतिलाल बिकलाई मोटरसाईकलले ठक्कर दिएर भागेको थियो । ठक्कर पश्चात मोटरसाईकलले केहि ओैषधि उपचार र राहत दिए पनि उनिलाई के पुग्थ्यो र ? बिक सोमबार तुलसीपुर उपमहागरपालिका वडा नं. १८ को कार्यालयमा राहत लिन आएपछि उनका सबै पिडा सुन्दै वडा अध्यक्ष माधव वल वडा सदस्यहरु धन बहादुर बस्नेत र शितल प्रसाद बुढा मगर र वडा सचिव रामकुमारी मरासिनी उनको सम्पुर्ण खर्चहरु वडाले ब्यहोर्ने भन्दै उनिहरुको पिडाका साथी बनेका थिए ।
दुर्घटना घटेदेखि नै वडाले सहयोग गर्दै आईरहेको मोतिरामको परिवारलाई वडाले १० महिनासम्म खाद्यन्नका सम्पुर्ण सामाग्रीहरु वितरण गरिसकेको छ । रोग र भोकबाट कोहिपनि मर्नु पर्दैन भन्दै वडाले अति बिपन्न परिवारहरुलाई पनि बेलाबेलामा राहत वितरण गरिरहेको वडा अध्यक्ष माधव वलीले जानकारी दिए । मोतिलाल बिक की श्रीमतीले आँखा नदेख्ने भएपछि वडाले अपाङ्ग भत्ताका लागि पहल गर्दै उनको उपचारका लागि सहयोग गरेको हो । मोतिलाल कै छोरा दुर्गाबहादुरको खुट्टाको उपचारका लागिसमेत वडाले बिभिन्न निकायसँग समन्वय गरी उपचार गरेपछि अहिले उनि हिड्न सक्ने भएका छन् ।
बिक दम्पतीले सोमबार वडाले हाम्रो लागि आफ्ना बुवा आमाले गर्ने भन्दा बढि माया, सेवा र सहयोग गरेको भन्दै बोल्दाबोल्दै आँखाबाट आँसु खसाले । बिकले भने वडाले हाम्रो लागी यत्ति धेरै सहयोग नगरेको भए सायद हामी बाच्न सक्ने थिएनौँ, उनि मलिलो अनुहार बनाउँदै आगामी दिनहरुमा पनि वडाले सहयोग गर्ने आशा छ भन्दै आफु पुर्ण रुपले निको भएपछि काममा गएर आफ्नो जोहो गर्ने बताए । बिक दुर्घटनाबाट घाईते भएपछि हिडडुल गर्न सक्दैनन् भने उनका माथीका ४ वटा दात समेत खसेका छन् ।