दाङमा मतदाता नामावली संकलन हुने

दाङ । दाङमा भदौ १ गतेदेखि जिल्ला प्रशासन कार्यालय दाङ, ईलाका प्रशासन कार्यालय तुलसीपुर र लमहीबाट पनि मतदाता नामावली संकलन लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले बताएको छ ।

प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईका अनुसार देशभर नै मतदाता नामावली संकलन कार्य हुनेछ । नामावली संकलन गर्नुकासाथै अद्यावधिक हुनेछ ।

मतदाता परिचयपत्रमा विवरण त्रुटी भएमा, कुनै मतदाताको मृत्यु भएमा, नागकिरता त्याग गरेमा वा मतदाता नामावलीमा दोहोरो नाम रहेमा मतदाता नामावलीबाट नाम हटाउनका लागि निवेदनसमेत दिन सकिनेछ ।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस