रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

रोल्पा । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । माडी गाउँपालिका ६ कोर्चवाङका ३७ वर्षीय ओमप्रकाश घर्ति रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
माडी गाउँपालिका वडा नम्बर २ खोलवाङमा आज (शनिबार) बिहान ३ः५० बजेतिर रा १ च ७०५ एम्बुलेन्स सडकबाट ७ सय मिटर तल खस्दा दुर्घटना रोल्पाका प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए ।
केहि दिन अघि लडेर घाईते भएकी एक महिलाको उपचारको क्रममा भैरहवामा निधन भएपछि कोर्चवाङ शव पु¥याएर फर्कने बेला एम्बुलेन्स दुर्घटनामा परेको हो । अर्का एक जना भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन । उनि सामन्य घाईते भएका छन ।
फोटो : पत्रकार बुद्धिमान वलीको फेसबुकबाट
प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस