विद्यार्थीलाई निःशुल्क सिम वितरण

दाङ । घोराही उपमहानगरपालिकाले मोबाईलबाट अनलाईन कक्षा सञ्चालन गर्न निःशुल्क सिम वितरण थालेको छ । कोरोना महामारीका कारण विद्यार्थीलाई भौतिकरुपमा उपस्थित गराएर पठनपाठन गराउन जोखिम रहेको भन्दै मोबाईल मार्फत अनलाईन कक्षा सञ्चालन गर्न निःशुल्क सिम वितरण थालेको हो ।

उपमहानगरको शिक्षा युवा तथा खेलकूद महाशाखाले नगर भित्रका सामुदायिक विद्यालयहरुलाई उक्त किन्नका लागि विद्यालयको खातामा पैसा पठाईसकेको छ । उपमहानगरपालिकाले ९२ सामुदायिक विद्यालयलाई अनलाईन कक्षा सञ्चालनका लागि सिम खरिद गर्न ७५ लाख ९६ हजार ७ सय ५० रुपैयाँ वितरण गरेको छ ।

माद्यामिक विद्यालय घोराही ६ जजरागाउँमा आज एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख नरुलाल चौधरीले कक्षा १० का विद्यार्थीलाई सिम वितरण गरेको कार्यक्रमको सुरुवात गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर पुनको अध्यक्षतामा कार्यक्रम गरि कोरोना जोखिममा पनि अनलाईन मार्फत पढाई सञ्चालन गर्ने बिषयमा विद्यार्थी एवं अभिभाबकहरुलाई जानकारी गराका थिए ।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस