लोक कल्याणकारी विज्ञापन कार्य अब हुलाक मार्फत हुने

काठमाडौ । विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारणको अनुगमनका साथै भुक्तानी सम्बन्धी सम्पूर्ण कार्य अब जिल्ला हुलाक कार्यालयमार्फत गराउने निर्णय गरेको छ ।
बोर्डको हालै बसेको बैठकले विद्युतीय तथा छापा माध्यममा प्रकाशन तथा प्रशारण हुने लोक कल्याणकारी विज्ञापनसम्बन्धी छुट्टाछुट्टै मापदण्ड समेत स्वीकृत गरेको छ ।
बोर्डका प्रवक्ता अनोजकुमार घिमिरेले जारी गरेको विज्ञप्तिमा मापदण्ड कार्यान्वयनका सन्दर्भमा शुक्रबार सरोकारवालासँग छलफल भएको छ ।
छलफलका क्रममा बोर्डका अध्यक्ष लक्ष्मणकुमार हुमागाईँले छापा तथा विद्युतीय सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने लोक कल्याणकारी विज्ञापन प्रकाशन गर्न प्रशारण हुलाकमार्फत हुने र भुक्तानीसमेत सम्बन्धित हुलाक कार्यालयबाटै हुने व्यवस्था मिलाइएको बताए ।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस