‘घरमा खाने खर्च थिएन, राहात पाइयो’

दाङ । गढवा ६ वालापुर बस्ने दानबहादुर थापाको चुुहिने झुप्रो छ । मौसमका कारण मजदुरी गर्न नपाएको ४ दिन भएको थापाले बताए । दुई दिन अघि पुस्तकालयबाट खबर आयो चामल पाइन्छ भनेर आएको हुँ, थापाले भने । घरमा खाने अन्न नै नभएको र छिमेकीबाट औंचो पैंचो गरेर छाक टारेको बेला पुस्तकालयले दाल, चाम, तेललगायतका ११ किसीमका सामान दियो । साइकिलमा सामान बोकेर घर जादै गरेका थापाले भने ।

गढवाको पुस्तकालयमा आएर दाल चामल तेल लगायतका राहात सामाग्री पाइयो । घरमा कमाउने कोही छैन । मजुरी गर्न पनि सक्दिन । राहात सामाग्री बोकेर घर जादै गरेकी गढवा ६ अत्तरबेदुवाकी कमारी दमाइले भनिन् । गढवा ६ बुद्धज्योति रोडमा बस्ने बयोबृद्ध साबित्रा सिंह भर्खरै कोभिड महामारीबाट बच्न सफल भएकी छिन् । दुईदिन बढी बाँचेपनि संसार देख्न पाइन्छ । आज पुस्तकालयले पानी तताउने जग र ज्वरो नाप्ने थर्मोमिटर दियो । खुसी लागेको छ उनीले बताइन् । त्यसो त गढवा ६ कुमाल बस्तीमा बस्ने प्रदेशी कुमालको पनि घरायसी स्थिती निकै कमजोर भएको बताइन् । पुस्तकालयले चामल, दाल, पिठो, तेल, साबुन, लगायतका सामानहरु सहयोग गरेकोमा उनीको मुहारमा पनि खुसी छाएको देखियो । शुक्रबार देउखुरीको गढवास्थित सामुदायिक पुस्तकालयमा राहात सामाग्री लिन आएका अधिकांश नागरिकहरुको मुहारमा खुसी छाएको पाइएको छ ।

रिड नेपाल र एएसबि जर्मनिको सहयोगमा कोभिड १९ प्रतिकार्य परियोजना मार्फत देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रको आयोजनामा शुक्रवार कोभिड प्रभावित नागरिकहरु, अपांगता भएका ब्यक्तिहरु, किशोरीहरु, अति अशक्त र अति बिपन्न घर परिवारका ६० जना नागरिकहरुलाई खाद्यान्न, स्वास्थ्य सामाग्री सहित ११ किसिमका राहात सामाग्रीहरु प्रदान गरिएको पुस्तकालयका अध्यक्ष गिरीराज भट्टले जानकारी दिए । वितरण गरिएका सामाग्रीहरुमा २५ किलो चामल, २ किलो तेल, २ किलो दाल, ५ केजी आटाथैली, सोयाबिन १ किलो, नून १ पोका, नुहाउने साबुन ५ थान,मास्क १ पोका, सेनेटाइजर १ बोत्तल, पानी तताउने इलेक्ट्रिक जग १ थान र ज्वरो नाप्ने थर्मोमिटर १ थान गरि ११ प्रकारका सामाग्री रहेको पुस्तकालयले जनाएको छ ।


पुस्तकालयका अध्यक्ष भट्टको अध्यक्षता र गढवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष एवं पुस्तकालयका सल्लाहकार बालचन्द्र ठकूरी हमालको प्रमुख आतिथ्यमा राहात वितरण गरिएको हो । रिड नेपालसंगको समन्वय सहकार्यमा वडा कार्यालयले सिफारिस गरेका अति बिपन्न नागरिकहरुलाई राहात प्याकेज उपलब्ध गराउने पुस्तकालय र रिड नेपाललाई सल्लाहकार हमालले धन्यवाद दिए ।

यो कार्यक्रम कोभिड सचेतना प्रवाहको पनि भएको उनीले बताइन् । कार्यक्रममा रिड नेपाल कोभिड–१९ प्रतिकार्य परियोजनाका ब्यवस्थापक राजेश चौधरीले ८ जिल्लाका सामुदायिक पुस्तकालय तथा स्वास्थ्य संस्थाहरुका लागि राहात वितरण र स्वास्थ्य सामाग्री प्रदान गरिरहेको बताए । कोभिड महामारीबाट पिडीत नागरिक, अति बिपन्न, सिमान्तकृत र अपांगता भएका नागरिकहरुका लागि यो प्याकेज संचालन गरिएको र उनिहरुलाई उच्च सतर्कता अपनाउन सन्देश समेत प्रवाह गर्न एयसबि जर्मनी र रिड नेपाल मार्फत यो कार्यक्रम संचालन भैरहेको उनले बताए । देउखुरीको सामुदायिक पुस्तकालयसंग बिभिन्न प्याकेजमा गरि परियोजनाले ६ लाख ७९ हजार ८ सय बिस बराबरको संझौता गरि कार्यक्रम संचालन गरिरहेको चौधरीले जानकारी दिए ।

राहात वितरण कार्यक्रममा पुस्तकालयका सल्लाहकार रामप्रसाद गैरै, गढवा खानेपानीका अध्यक्ष एवं पुस्तकालयका सल्लाहकार लेखबहादुर थापा, रेडक्रसका देवि प्याकुरेल, नागरिक समाजका मोहन कुमार पाण्डेय, सामुदायिक स्वास्थ्य सहजकर्ता ललिता यादव लगायतले बोलेका थिए । कार्यक्रमको संचालन सचिव शिबराज पन्थीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस