तुलसीपुर नगर प्रमुख पाण्डेलाई मातृशोक

दाङ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई मातृशोक परेको छ । पाण्डेकी ममतामयी आमा अमृता पाण्डेको ७३ बर्षको उमेरमा आज काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । गत एक महिनादेखि काण्ठमाडौको न्यूरो अस्पतालमा उपचार भईरहेको थियो ।

उनको उपचारकै क्रममा आज निधन भएको नगर प्रमुख पाण्डेका सचिवालय सदस्य धर्मराज वलीले जानकारी दिए । पाण्डेको दाहसंस्कार शुक्रबार दाङमै हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस