आजदेखि उपत्यकामा राति ८ बजेपछि सवारी साधन चलाउने नपाइने

फाइल तस्बिर
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गर्दै पुनः लम्ब्याइएको छ । यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार राति १२ बजेबाट सकिने भएपछि मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन २८ गतेदेखि भदौ ८ गतेसम्म लागु हुनेगरी निषेधाज्ञा थप गरेको हो ।
यसका साथै उपत्यकामा ८ बजेपछि सवारीसाधन चलाउन नदिने निर्णय गरेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद ढुंगानाले जानकारी दिए । अत्यावश्यक सवारी साधनहरु पनि चलाउन पाइने बताएको छ । स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने भएको छ ।
यसअघि जस्तै निषेधाज्ञामा कुनै पनि प्रकारका सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस लगायतका भिडभाड हुने कार्यक्रमहरुमाथिको निषेध यथावत रहेको छ ।
प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस