बर्षाैदेखि नागरिकता पाउनबाट बञ्चित रहेकालाई नागरिकता प्रदान
डोटी । डोटीको बडीकेदार गाउँपालिकाका बर्षाैदेखि आर्थिक अभाब झेल्दै जिल्ला सदरमुकाम सिलगढीसम्म पुग्न नसकेका आफ्ना नागरिकलाई नागरिकता दिलाउन जिल्ला सदरमुकाम सिलगढी पु¥यायर १ सय ८३ जनाले गाउँपालिकाकी उपाध्यक्ष इन्द्रा बोहराको सहजीकरणमा नागरिता पाएका छन् । कोेरोना भाईरसका कारण डोटीको बडीकेदार गाउँपालिकाका यी नागरिकहरुले बञ्चित भएका थिए ।
डोटीमा नागरिकता बनाउन जिल्ला सदरमुकाम धाउनपर्ने बाध्यताका कारण सयौको संख्यामा जिल्ला प्रशासनमा लाईन बस्नुपर्ने बाध्यता रहदै आएको छ । बडीकेदारका नागरिकहरुलाई डोटीको सदरमुकाम पुग्न निकै सास्ती हुने गरेको कुरा पुरानै हो ।
त्यसमाथि जिल्ला सदरमुकाममा नागरिकहरु अलपत्र परिरहेका हुन्छन् । एकै पटक धेरै नागरिकहरु सदरमुकाम नागरिकता बनाउन जाने भएका कारण नागरिकता बनाउन हप्ता दिन पनि लाग्ने गर्दछ । यही अवस्थालाई मध्येनजर गर्दै नेपाली कांग्रेसकी नेतृ समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष बोहरा दुई तिन दिनदेखि जिल्ला प्रशासन कार्यालयमा आफै पुगी आफ्ना नागरिकहरुलाई नागरिकता उपलब्ध गराउन सहजीकरण गरिहेकी छन् ।
जसबाट नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय अघाडी लाईनमा बसेका नागरिकहरु समेत हर्षीत भएका नेपाल तरुण दल डोटी जिल्ला सदस्य तथा बडीकेदारका युवा नेता सिद्ध बिष्टले जानकारी दिए । यस्तै उपाध्यक्ष बोहराले नागरिकता बनाउन गएका सबै नागरिकलाई आफ्नो ब्यक्तीगत खर्चमा आउने जाने यातायातको ब्यवस्था समेत गरेको उनले बताए ।