सल्यानमा ट्याक्टर दुर्घटनाः दुई जनाको घटनास्थलमै मृत्यु, तीन गम्भिर घाइते

सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । जिल्लाको कालिमाटी गाउँपालिका ४ चम्बुताराबाट मिक्चर बोकेर कालिमाटी आउँदै गरेकोे रा १ त ४०४२ नम्बरको ट्याक्टर मंगलबार राती साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा परी ट्याक्टर चालक सल्यान कालिमाटी गाउँपालिका ३ कालिमाटीका १९ वर्षीय खुमबहादुर ओली र मिक्चर हेल्पर शोही ठाउँ बस्ने २० वर्षीय यज्ञबहादुर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
यस्तै ट्रयाक्टर दुर्र्घटना हुँदा मिक्चर चालक कालिमाटी गाउँपालिका ३ कालिमाटीका जंगबहादुर सिरिष मगर, ट्याक्छर सहचालक शोही ठाउँ बस्ने वर्ष १७ को कमल विक र मिक्चर हेल्पर कालिमाटी गाउँपालिका ४ का २० वर्षीय खुमबहादुर बस्नेत रहेका छन् । घाइते मगर र विकको अवस्था गम्भिर रहेको सूचना अधिकारी पौडेलले बताए ।
घाइते तीनै जनाको उपचारको लागि तुलसीपुर पठाइएको प्रहरीले जनाएका छ । मिक्चर बोकेको ट्याक्टर अनियन्त्रित हुँदा सडकबाट ५०/६० मिटर तल खसेको छ ।