कोरोनाबाट ज्यान गुमाएका पत्रकार अधिकारीको परिवारलाई राहत प्रदान

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले स्वर्गीय पत्रकार दामोदर अधिकारीको परिवारलाई २५ हजार रुपैया सहयोग गरिएको छ । प्रेस काउन्सिल नेपालले उपलब्ध गराएको २५ हजार रुपैयाँ मंगलवार स्वर्गीय पत्रकार अधिकारीकी श्रीमती बिमला ज्ञवालीलाई हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य समेत रहेका स्वर्गीय पत्रकार अधिकारीकी श्रीमति ज्ञवालीलाई प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी र उपाध्यक्ष सन्तोष सुवेदीले सयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।

कोरोना संक्रमणका कारण मृत्यु भएका पत्रकारको परिवारलाई सानो सहयोग पु¥याउने उद्देश्यले प्रेस काउन्सील नेपालले राहत स्वरुप २५ हजार रुपैया सहयोग गर्ने निर्णय अनुसार दाङमा सहयोग गरिएको प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारीले जानकारी दिएका छन् । उनले कोरोना संक्रमणका कारण देशभर मृत्यु भएका सवै पत्रकारका परिवारहरुलाई रकम उपलव्ध गराउने समेत बताएका थिए । घोराही उपमहानगरपालिका १७ बेलभार निवासी स्वर्गीय पत्रकार अधिकारीको कोरोना संक्रमणका कारण उपचारका क्रममा केही महिनाअघि काठमाण्डौंमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस