तुलसीपुर १६ वडा कार्यालय दुई दिनसम्म सील

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ को कार्यालय २ दिनसम्म सील गरिएको छ । वडामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालय सील गरिएको वडाध्यक्ष भूपबहादुर केसीले जानकारी दिए ।
वडाध्यक्ष केसीका अनुसार कार्यालयमा कार्यरत प्राविधिक सहायकलाई कोरोना भाइरस संक्रमण भएपछि ४८ घण्टाको लागि वडा कार्यालय सील गरिएको हो ।
संकास्पद कर्मचारी तथा जनप्रतिनिधिहरूको कोभिड परीक्षण गरेपछि विहीबारदेखि वडाबाट सेवा प्रदान गर्न सकिने वडाध्यक्ष केसीले बताए ।
प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस