दाङमा ग्वारखोलाले बगाउँदा आमा छोराको मृत्यु

दाङ । दाङमा खोलाले बगाउँदा आमा छोरोको मृत्यु भएको छ । सोमबार दिउँसो ग्वारखोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका ४ सिम्लेनीका ३६ वर्षीया अमृता घर्ती र उनको २ वर्षीय छोरा रुद्र घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर १९ पतेनीमा माइत जाने क्रममा दिउँसो करिब २ बजेतिर ग्वारखोलाले बगाउँदा आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस