प्रहरी यूनिटको अवलोकन गर्दै : प्रजिअ कुरुम्वाङ

दाङ । दाङ जिल्ला प्रशासन कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले जिल्लाका प्रहरी युनिटको स्थलगत अनुगमन गरेका छन् । दुरदराजमा रहेर जनताको जिउधनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुको मनोवल उच्च पार्न आँफूले प्रत्येक युनिटहरुमा पुगेर भौतिक स्रोत साधन लगायतका अवस्थाको बारेमा जानकारी लिएको बताएका छन् ।

त्यस्तै प्रहरी यूनिटमा केही समस्या भएमा आफुले सम्बन्धित निकायमा समस्या गर्नका निमित्त समन्वयकारी भूमिका निर्वाह गर्ने उनको भनाइ छ । उनले पछिल्लो एकसातामा अस्थाई प्रहरी पोष्ट हापुरे, ईलाका प्रहरी कार्यालय खिलतपुर, कोईलाबासस्थित शसस्त्र प्रहरी र नेपाल प्रहरी, जिल्ला प्रहरी कार्यालयलगायतको प्रहरी यूनिटहरुको स्थलगत अवलोकन गरेका छन् ।

साथै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले यो अभियानलाई निरन्तरता दिइराख्ने पनि बताएका छन् ।

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस