दाङमा ‘तपाईको मास्क खोई’ अभियान

दाङ । दाङमा कोभिड १९ महामारीको संक्रमण दर बढ्न थालेपछि ‘तपाईको मास्क खोई’ अभियानलाई तिब्र बनाइएको छ । जिल्लामा निषेधाज्ञा खुकुलो पारेसँगै कोरोना सक्रमणको दर पुनःबढ्न थालेको भन्दै संक्रमण रोकथाम र न्यूनीकरणका लागि उक्त अभियान सुरु गरिएको हो ।

आइतवारदेखि तुलसीपुरमा सरोकारवालाहरुले तपाईको मास्क खै अभियान फेरि सुरु गरेका हुन । त्यस्तै तुलसीपुरमा शुरु भएको मास्क अभियानले तुलसीपुर उद्योग वाणिज्य संघ चोक देखि तुलसीपुर बजार क्षेत्र, बसपार्क, सार्वजनिक यातायातमा सवार यात्रुहरू र मास्क नलगाएर खुलेयाम हिँड्डुल गर्ने पैदलयात्रुलाई मास्क वितरण गरेको छ । साथै ‘म पनि मास्क लगाउँछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’, ‘म जिम्मेवार नेपाली’ लगायतका नारा पनि अभियानका लागि स्वास्थ्य मन्त्रालयले तय गरेको छ । मास्क वितरणका अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले सबैलाई अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गरेका थिए । साथै उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै यो अभियान निरन्तर चल्ने बताए ।

अभियानका क्रममा मास्क लगाएर पनि सुरक्षित हुने गरी नलगाउने व्यक्तिलाई रोकेर मास्क लगाउन सिकाउन थालिएको उनको भनाई छ । प्रहरीले भीडभाडमा सामाजिक दूरी कायम नगर्ने र मास्क नलगाउनेलाई सम्झाइबुझाइ गरी छाड्ने गरेको छ । अटेरी गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्ने गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाको अगुवाईमा थालिएको अभियानमा तुलसीपुर उधोग बाणिज्य सघं, ईलाका प्रहरी कार्यालय तुलसीपुर, शसस्त्र प्रहरी सुरक्षा बेश क्याम्प, मधेश मानब अधिकार सघं, रिपोटर्स क्लब दाङलगायतका सघंसस्थाहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस