सल्यानमा खोलाले बगाउँदा बालकको ज्यान गयो

सल्यान । सल्यानमा खहरे खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ झिम्पे, जुरढुंगा घर भएका अन्दाजी १२ बर्षिय छोरा ओमकार वलीको मृत्यु भएको छ भने करिब ३२ बर्षिय आमा दिलसरा वली घाइते भएकी छिन् ।

शनिबार दिउँसाँ करिब ३ बजे तीर जंगलबाट गाइबस्तु चराएर घर फर्किदैँ गर्दा स्थानीय चोरपाटा खोलाले गोगनपानी भन्ने स्थानबाट आमा र छोरा दुबै जनालाई बगाएको थियो । तर करिब ३० मिटर तलसम्म बगेर आमा बच्न सफल भएपनि छोराको भने करिब ४ सय मिटर तल शव भेटिएको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष नेवबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार खोलाले बगाएर घाइते भएकी दिलसराको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी छोराको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस