दाङको तुलसीपुरमा कोरोना नियन्त्रणका लागि चार महिने अभियान

दाङ । तुलसीपुर उपमहानगरपालिकामा ४ महिने अभियान सञ्चालन गर्ने भएको छ । कोभिड महामारी नियन्त्रणका लागि इन्रुडेकको सहकार्यमा यूएसए आईडीले साझेदारी संघीयता सहयोग अन्तर्गत यूएसए आइडीले महामारी नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको ।

दाङमा यो कार्यक्रम तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका र घोराहीमा उपमहानगरपालिकामा लागू भएको छ । अभियान अन्तर्गत स्थानीय सेवा प्रभावहर पारेको प्रभावको लेखाजोखा, कोभिड महामारीका बेला, प्रभावकारी योजना तथा प्रतिकार्यका लागि सञ्चालन कार्यविधिको तर्जुमा, कोभिड–१९ विरुद्ध लक्षित समूह केन्द्रित जनचेतना अभियान, कोभिड विरुद्धको योजना तथा प्रतिकार्य लक्षित पालिकाको प्राथमिकताहरूको कार्यान्वयनमा सहयोग, कोभिड जस्ता आपतकालीन अवस्थामा न्यूनतम सेवा प्रभावहको सुनिश्चितताको लागि सूचना प्रविधिको प्रयोग लागयतका कृयाकलापहरू सञ्चालन गर्ने भएको छ । कार्यक्रममा तुलसीपुर नगर प्रमुख घनश्याम पाण्डेले महामारी नियन्त्रणका लागि योजना वद्ध ढंगले अघि बढ्नुपर्ने बताए ।

कोभिडको असर अझै २र३ वर्ष सम्म देखिन सक्ने भन्दै सम्भावित जोखिमबाट बच्नका लागि दातृनिकाय, विभिन्न संघसंस्था र सरोकारवाला निकायको भूमिका अपरिहार्य हुने बताए । तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्य, तुलसीपुर उपमहानगरपालिका विपत व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपाने, विपत व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, इन्रुडेकका अध्यक्ष धर्म रोकाय , तुलसीपुर उपमहानगरपालिका कोभिड–१९ फोकल पर्सन विमल केसी, लगायतले आआफ्ना धाराणा राखेका थिए ।

कार्यक्रमको विषयमा यूएसए आईडीका प्रतिनिधि विष्णुमणि खनालले प्रकास पारेका, थिए भने कार्यक्रमको सहजीकरण इन्नुडेकका कार्यक्रम संयोजक दिपा शर्माले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस