दाङमा गौबध मुद्दामा फरार रहेका एक जना पक्राउ

दाङ । दाङमा गौबध मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. ५ धर्ना निवासी निमबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव निरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
सार्कीलाई दाङ देउखुरी जिल्ला अदालतले वि.सं. २०७७ साल माघ २० गते गौबध मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो । त्यसपछि फरार रहेका सार्कीलाई जिल्ला प्रहरी कार्यालय दाङले सोमबार ३ बजे धर्नाबाटै पक्राउ गरेको हो । उनलाई आज (मंगबार) जिल्ला अदालतमा बुझाइएको प्रवक्ता रिजालले बताए ।
प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस