काठमाडौंमा सभा, सम्मेलन र जुलुस नगर्न प्रशासनको आग्रह
काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौले निषेधाज्ञाको व्यवस्था तथा स्वास्थ्यका मापदण्ड पालना गर्न सचेत गराएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज (मंगलबार) विज्ञप्ति निकालेर कोरोना संक्रमितको संख्या बढ्दै गएको र अस्पतालहरूमा कोरोनाका बिरामीको चाप बढ्दै गएको भन्दै निषेधाज्ञाका व्यवस्था र स्वास्थ्यका मापदण्ड पालना गर्न सचेत गराएका हुन् ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको जरुरी सूचनामा विभिन्न समूहबाट भिडभाडजन्य क्रियाकलाप गर्ने, सभा, जुलुस, धर्ना, ¥याली, गोष्ठीलगायतका क्रियाकलाप बढेको भन्दै त्यस्तो नगर्न भनिएको छ । जारी निषेधाज्ञा अन्तर्गत निषेध गरिएका क्रियाकलाप गरेमा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस