‘तपाईसँग भएको सीपलाई हामीले कुनैपनि हालतमा खेर जान दिदैनौ’ : कार्यवाहक नगरप्रमुख डाँगी

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकालाई उद्यमीको शहरका रुपमा विकास गर्न स्थानीय सरकार कटिबद्ध भएर लागेको कार्यवाहक नगरप्रमुख सूर्यबहादु डाँगीले वताए । कोभिडलगायत विभिन्न कारणले स्वदेश फर्किएका अनि रोजगार गुमाएकाहरुलाई उद्यमशिलता मार्फत स्वरोजगार वनाउनका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम ल्याएको पनि उनले बताए ।

मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत तुलसीपुर मेट्रो कलेजले सञ्चालन गरेको बाँसका सामग्री बनाउने तालिमको समापन गर्दै उनले जाँगर चलाए उद्यमी वन्न सकिने पनि वताए । ‘तपाईसँग भएको सीपलाई हामीले कुनै पनि हालतमा खेर जान दिदैनौ, प्रविधि, स्रोत साधन जे चाहिन्छ सहयोग गर्छाै तपाईहरु उत्पादनमा ध्यान दिनुहोस्’ डाँगीले भने । उनले स्थानीय उत्पादनहरुलाई बिक्री वितरण गर्नका लागि कोसेली घरको स्थापना गरिएको पनि जानकारी दिए ।
समापन कार्यक्रममा मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमकी विज्ञ सदस्य पुष्पा लामिछाने, सामाजिक अभियन्ता पदम पोख्रेल, सामुदायिक वन महासंघ तुलसीपुरका अध्यक्ष चन्द्रवहादुर वली, पकर्रे सामुदायिक वनका अध्यक्ष लोकबहादुर रोका, प्रशिक्षक रामकुमार राईलगायतले सीकेको सीपलाई व्यवहारमा लगाउनु गर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका विज्ञ सदस्य विनोद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले गरेका थिए । स्थानीय २० जनाको सहभागिता रहेको तालिममा प्रशिक्षार्थीहरुले बाँसबाट ढकीया, कलमदानी, फुलदानी, चुरादानी, स्टे«, घडी लगायतका सामग्री बनाएका छन् । उनीहरुले सीप सिकेपछि केही गर्ने आत्मविश्वास पलाएको वताएका छन् ।