दाङमा खोरभित्रै पसेर बाघले ९ वटा बाख्रा मार्यो

दाङ । देउखुरीमा खोरमा बाघ पसेर ९ वटा बाख्रा मारेको छ । लमही नगरपालिका ८ निम्बुखुट्टीका रामप्रसाद चौधरीको खोरमा शुक्रबार राती बाघ पसेर ९ वटा बाख्रा मारेको हो । खोर कच्ची रहेको र बाघले राती पसेर बाख्रा मारेछ, बिहान बाख्रालाई खोरबाट बाहिर निकाल्न जाँदा मात्र थाह पाएको पिडित रामप्रसादले बताए ।
६ वटा ब्याउने र अन्य तीनवटा माउ बाख्रा हुन । झण्डै एक लाख रुपैयाँ बराबरको क्षति भएको उनको भनाई छ । बाख्राको खोर सुधारका लागि लमही नगरपालिकामा फारम भरेको थिए उनले भने अब त सबै बाख्रा नै मारिदियो राम प्रसादले बताए ।
प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस