छुट्टाछुट्टै घटनामा परि दुई जनाको मृत्यु

सल्यान । सल्यानमा छुट्टाछुट्टै घटनामा परि दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मोटरसाइकल दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । त्यसैगरी करेन्ट लागेर अर्का एक जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटना हँुदा छत्रेश्वरी गाउपालिका ५ लेखपोखरा अन्दाजी २२ बर्षिय शालिक बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

लान्तीबाट लेखपोखरा तर्फ जादै गरेको प्रदेश नम्बर ३, ०२०२४ प ६७५४ नम्बरको मोटरसाइकल छत्रेश्वरी गाउपालिका ६ शारदा पुल नजिकैँ दुर्घटना भएको हो ।

यस्तै करेन्ट लागेर ट्रकका सहचालक शारदा नगरपालिका १४ का २५ बर्षीय बिमल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रा १ ख २४२७ नम्बरको ट्रकको माथि डोरी बाँध्ने क्रममा भण्डारीलाई करेन्ट लागेको थियो ।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस