लुम्बिनी प्रदेश निर्माणका लागि प्रारम्भीक खाका तयार

दाङ । लुम्बिनी प्रदेशको राजधानी निर्मार्णका लागि सम्भावित खाका प्रस्तुत गरिएको छ । बिहीबार देउखुरीस्थित राप्ती गाउँपालिकाको सभाहलमा प्रदेश पुर्वाधार प्राधिकरणको आयोजनामा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाका सरोकारवालाहरुमाझ राजधानी शहरको खाका प्रस्तुत गरिएको हो ।

राप्ती उपत्यका र सम्भावित शहरको बारेमा राजधानी शहरको खाका तयार गरिरहको सितारा ईकोकोड, टेक्नोक्रयाट जेभिका पराशर्मदाता डा. विजय श्रेष्ठले राप्ती उपत्यकाको सम्भावित खाका प्रस्तुत गदै ब्यवस्थित शहर बनाउन आम नागरिकको सल्लाह लिईने बताए । प्रदेश पुर्वाधार प्राधिकरणका प्रमुख धुब्र मजगैयाको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राजधानी घोषणा भएपछिका उतार चढावका साथै आगामी दिनमा गर्नुपर्ने तयारी र तिब्रताका बारेमा सम्पूर्णलाई सजग गराउँदै सहकार्य तथा समन्वयको लागि सबैमा आब्हान गरे ।

कार्यक्रममा प्रस्तुत गरिएको शहरको खामामा थप गर्नुपर्ने योजनासहित स्थानीय नागरिककोजीवन स्तर सुधार गर्ने योजनालाई प्राथमिकता दिन र यस क्षेत्रको सामाजिक, आर्थिक, सास्कृतिक, वातावरणीय क्षेत्रको सुरक्षाको प्रत्याभूति गराउन छलफल चलाईएको शहरी योजनाकार कुमार धमलाले बताए । गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, पुर्व सभासद शुशिला चौधरी, रश्मीराज नेपालीले राजधानीको आगमनको विषयमा विचार ब्यक्त गर्दै राजधानी शहरको लागि कामको तिब्रतामा जोड दिए ।

निर्माण गरिने शहरको खाकामा राष्ट्रिय, अन्तर्राष्ट्रिय निती, नियमको परिधिमा रहेको सुहाउँदो शहर निर्माणका लागि सम्वन्धित निकायलाई सिफारिस गरिने योजनाकार धमलाले बताए । शहरी योजनाकार धमलाले लुम्बिनी प्रदेशको राजधानी शहरको सम्भावित खाका निर्माणको क्रममै रहेकोले राजधानी शहर परामर्शदाताहरुलाई आम नागरिकले सकारात्मक सुझाव दिन सक्ने बताए । जसका लागि मोवाईल नं. ९८५१०७६२६५ फोन गरेर जोकोहीले सल्लाह सुझाव दिन सकिने उनको बताए ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस