स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफैसँग राखेका छन् । श्रेष्ठ निजी विद्यालय संचालक पनि हुन् ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस