सर्पको टोकाइबाट २ वर्षिय बालिकाको मृत्यु

दाङ । दाङमा विषालु सर्पको टोकाइबाट दुई वर्षिय बालिकाको मृत्यु भएको छ । आइतबार बिहान ७ बजेतिर शान्तिनगर गाउँपालिका ६ निवासी राजेन्द्र चौधरीको २ वर्षिय छोरी आराजी चौधरीलाई आफ्नै घरको आँगनमा खेल्ने क्रममा विषालु सर्पले टोक्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

उनलाई दाँया खुट्टाको कुरकुच्चामा सर्पले टोकी घाइते भई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो । साथै अहिले बालिकाको शवलाई सोही अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस