दाङको तुलसीपुर क्षेत्रमा एकसाता फोहोर संकलन नहुने
दाङ । दाङको तुलसीपुर क्षेत्रमा एकसाता फोहोर संकलन नहुने भएको छ । दैनिकजसो संकलन हुँदै आएको तुलसीपुरको बजार क्षेत्रको फोहोर डम्पिङ साइटको मर्मतको काम सुरू गरिएकोले कम्तिमा एकसाता फोहोर नउठ्ने भएको हो ।
अस्थायी डम्पिङ साइटको मर्मत तथा व्यवस्थापनको काम गर्न लागिएकाले साउन १५ गतेसम्मका लागि बजारक्षेत्र मुख्य लाइनबाहेक अन्य ठाउँको फोहोर संकलन स्थगित गरिएको उपमहानगरपालिकाको सरसफाई तथा वातावरण शाखाका नायव सुब्बा खेमकान्त पाण्डेले जानकारी दिए ।
उपमहानगरका विभिन्न स्थानबाट संकलन गरिएको फोहोर वडा नम्बर ६ र १२ को सिमानामा पर्ने कुकुरे भजना क्षेत्रमा अस्थायी डम्पिङ साइट निर्माण गरेर व्यवस्थापन गर्दै आएको छ । दैनिक २२ देखि २४ टन फोहोर संकलन गरेर व्यवस्थापन हुँदै आएको उक्तडम्पिङ साइट साँघुरो, अव्यस्थित भएको भन्दै उपमहानगरले त्यसको विस्तार र व्यवस्थापन गर्न लागेको उनको बताए ।