ऋण लिएर भए पनि जनतालाई खोप लगाउँछौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण लिएर भएपनि सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताए । उनले अघि भने, ‘हामी क्रण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पु¥याउने प्रतिवद्धता पूरा गर्छाैं ।’
प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५÷७ महिना मात्र रहने भन्दै उनले यो अवधिमा पनि देखिने गरी काम गर्ने बताए ।
प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस