सल्यानमा टिप्परको टायर फेर्ने क्रममा एक जनाको मृत्यु
सल्यान । सल्यामा टिप्परको टायर फेर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कालिमाटी गाउँपालिका वडा नं. २ सिमलकुनाका १९ बर्षीय ज्ञान बहादुर वली रहेका छन् ।
कालिमाटी गाउँपालिका ३ रामपुरमा रोकी राखेको टिप्परको टायर फेर्ने क्रममा गाडीमा लगाएको जग भाँसिदा सहचालक वलीको घटना स्थलमै मृत्यु भएको हो ।
उनी कालिमाटीमा सडकको काम गर्ने कालिका कन्ट्रक्सनको ना १ क ४६२५ नम्बरको टिप्परको टायर फेर्दा दुर्घटना भएको प्रहरीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको सल्यान प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस