दाङमा कृतिम जलाशयमा डुबेर एक जना बेपत्ता

दाङ । दाङमा कृतिम जलाशयमा डुबेर एक जना बेपत्ता भएका छन् । दाङमा सिंचाइको लागि बनाइएको कृतिम जलाशय (ड्याम)मा डुबेर घोराही उपमहानगरपालिका वडा नं. १ का ३१ वर्षका लालबहादुर विष्ट बेपत्ता भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १ सिमलताराको गएरसोतामा रहेको ड्याममा दुई जना साथीहरुसँग पौडी खेल्न गएका विष्ट आज बिहान ८ बजेको समयमा गएर सोतामा रहेको ड्याममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक तथा डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

विष्ट ड्याममा डुब्नासाथ साथीहरुले प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली पुगि स्थानीय र प्रहरीले खोजी गरिरहेको छ । अझैसम्म पनि बेपक्ता भएको व्यक्ति फेला पर्न नसकेको डिएसपी रिजालले बताए ।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस