घरेलु मदिरा सेवनबाट ४ जनाको मृत्यु

रोल्पा । चरम गरिबि र बेरोजगारी छल्न रोल्पाबाट बाग्लुङ पुगेका एकै गाउँका चार जनाको बिशाक्त मदिरा सेवनबाट मृत्यु भएपछि गजुल गाउँ सोकमा डुबेको छ । रोल्पाबाट मजदुरी गर्न बाग्लुङ पुगेका ४ जनाको घरेलु मदिरा खादा मृत्यु भएको प्रहरीले बताएको छ । गल्कोट ७, मल्ममा रहेको खानेपानी योजनाको काममा त्यहा पुगेका सुनिलस्मृती गाउँपालिका ५ गजुलका एकै गाउँका ४ जनाको मध्यराती मृत्यु भएको हो ।
स्थानीय भद्रबहादुर थापाको मिलन किराना पलल चाउचाउ, बिस्कुट र दालमोट संग रक्सी खाएको एकछिनपछि बिरामी परेका रोल्पा सुनिलस्मृती ५, गजुलका २१ वर्षीय दिपेन्द्र पुन, ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेगबहादुर राना र ३० वर्षीय प्रबिण घर्ती रहेका छन् । २६ वर्षीय रबिन्द्र पुन र ३८ वर्षीय खेमराज घर्ती जना गम्भिर अवस्थामा छन् । बाँकीको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
रक्सी खाएका सबै बिरामी भएपछि उनीहरु मध्य दुईजनाको घटनास्थलमा र बाँकी दुईजनाको नजिकैको निजी क्लिनिक पु¥याईएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी डिएसपी ईकवाल हवारीले बताए । अहिले मृतकको शब र घाईतेहरुलाई धौलागिरि अस्पतालमा राखिएको छ । मृतकको शव अस्पतालमा राखिएको बताउने बाग्लुङ प्रहरीले अनुसन्धान भईरहेको बतायो ।
अबैध रक्सी बिक्री गर्ने भद्रबहादुर थापालगायत दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बाग्लुङ प्रहरीले बताएको छ । रोल्पा प्रहरी प्रमुख नरेश राज सुवेदीले मृतकका आफन्तसंग घटनाका बारेमा समन्वय भईरहेको बताए। उनका अनुसार मृतक र घाईतेका आफन्तलाई बाग्लुङ पठाउनका लागि समन्वय भईरहेको छ ।
सोमबार रातीको घटनालाई हेर्दा बाग्लुङमा अवैध मदिराको बिक्री वितरण भईरहेको पुष्टि भएको छ । स्थानीय प्रसासनले कोरोना कहर भन्दै अनुगमनमा ध्यान नदिएका कारण यस्ता घटनाले प्रसय पाउने गर्दछन् ।