जङ्गली च्याउ खाँदा डोटीमा तीन जना बिरामी

डोटी । डोटीको शिखर नगरपालिका ५ तिजालीमा जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा तीन जना बिरामी परेका छन् ।

शिखर नगरपालिका ५ तिजाली बस्ने १० वर्षीय रमेश साउद, ६ वर्षीय महेश साउद र ७ वर्षीय आदित्य ताम्राकार बिरामी परेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।

शुक्रबार दिउँसो गोठालोबाट च्याउ टिपेर ल्याएर बेलुका तरकारी खाएपछि उनीहरु बिरामी परेका हुन् । बिरामी तीनै जनाको दिपायल सिलगढी नगरपालिका ४ राजपुरमा रहेको सुजङ अस्पतालमा उपचार चलिरहेको छ ।

प्रकाशित मिति : २०७८ साउन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस