रोटरी क्लवद्वारा दिदीघरलाई खाद्यान्न र पोशाक सहयोग

दाङ । रोटरी क्लव अफ तुलसीपुर सिटीद्वारा तुलसीपुरमा रहेको दिदीघरलाई खाद्यान्न र पोशाक वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच सामाजिक अभियान्ता स्यानी चौधरीले संचालन गरेको दिदीघरमा रहेका १७ जना बालबालिकाहरुलाई पोशाक हस्तान्त्रण गरिएको हो ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका नबनिर्बाचित अध्यक्ष शिब श्रेष्ठको समन्वयमा बुटवल बस्त्रालयको सहयोगमा सत्र जना बालबालिकाहरुका लागि पोशाक र क्लवका पुर्ब अध्यक्ष रोटरियन बिमल रिजालले खाद्यान्न सहयोग गरेका हुन् । क्लवले बालबालिकाहरुका लागि स्कुलमा आवश्यक पर्ने किताब, पोशाक र ब्याग उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

सो अवसरमा पुर्ब एजि कुशल तर्ताल, निवर्तमान अध्यक्ष सुरेश हमाल, पुर्ब अध्यक्षहरु बिमल रिजाल, देबबहादुर केसी, उपाध्यक्ष सन्दिपन रिजाल, सर्भिस प्रोजेक्ट डाईरेक्टर मोहन भण्डारीलगायतकाले रोटरी क्लव अब ग्रामीण मुखी सेवामा समर्पित हुनुपर्ने बताएका थिए ।
उनीहरुले रोटरी क्लव डिष्ट्रिकबाट समेत गाउँमुखी प्रोजेक्ट ल्याएर सेवाका हातहरु अगाडि बढाउनुपर्ने सुझाब दिएका थिए । कार्यक्रमको सहजीकरण क्लवका महासचिब बुद्धप्रकाश सिहंले गरेका थिए ।
