अधिवक्ता खाती महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । सरकारको कानुनी सल्लाहकारको रुपमा रहेको महान्यायाधिवक्तामा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । बाजुरा निवासी खाती लामो सयदेखि काठमाडौंमा रहेर वकालत गरिरहेका छन् ।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस