दाङमा निरन्तर वर्षाका कारण ५०० कुखुरा मरे, एक हजार माछा बग्यो

दाङ । निरन्तर भएको वर्षाले दाङका विभिन्न ठाउँमा क्षेती पु¥याएको छ । बिहीबार विहान भएको भारी वर्षाले दाङको देउखुरीका विभिन्न ठाउँमा डुवान हुनुका साथै केही ठाउँमा क्षेती पु¥याएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार वर्षापछि राजपुर गाउँपालिका वडा नम्बर ५ को महतेनीया खोलामा आएको बाढीले खुकुरा फर्म र माछा फर्ममा क्षेती गर्नुका साथै त्यस आसपासमा रहेको खेतमा पानी पसेको छ । वडा नम्बर ५ का भुपाल वलीको कुखुरा फर्ममा बाढी पस्दा ५०० कुखुरा मरेको छ भने उनकै माछा फर्ममा पनि बाढी पसेपछि एक हजार माछाहरु बगाएको छ ।

फर्ममा बाढी पसेर क्षेती पु¥याएपछि करिब १० बराबरको क्षेती पुगेको बताइएको छ । महतेनीया खालेमा आएको बाढीले त्यस आसपारका करिब १०० विघाह खेतमा लगाइएको धानमा क्षेती गरेको छ । यस्तै प्रवक्ता रिजालका अनुसार लमही–गढवा सडक खण्डमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलको दक्षिण किनारको एप्रोचमा पनि बाढीले क्षति पु¥याएको छ । जसले गर्दा लमही र वढवाबीचको आवगमण बन्द भएको छ ।

अहिले देउखुरी क्षेत्रमा पानी रोकिएपछि डुवानमा परेका केही ठाउँमा भने अवस्था समान्य बन्दै गएको छ । साथै जिल्लाका अन्य ठाउँमा भने निरन्तरको वर्षाले कुनै असर नगरेको र घोराही तुलसीपुर सडक खण्डमा पर्ने खोलाहरुमा पनि सहज आवागमण भइरहेको रिजालले जानकारी दिए । यसैबीच प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले राप्ती नदीको पुलमा बाढीले पु¥याएको क्षेतीको तत्काल मर्मत कार्य सुरु भएको बताए ।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस