बन मुद्दामा फरार तीन जना चार वर्षपछि पक्राउ
दाङ । बन मुद्दामा फरार तीन जना प्रतिवादीलाई दाङ प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ । २०७४ फागुन १४ गते सामुहिक वन मुद्धामा सर्वाेच्च अदालतले उनीहरुलाई जनही १ लाख ३८ हजार नौ सय १७ रुपैयाँ जरीमाना तोकेको थियो ।
अदालतको फैसलापछि फरार रहेका उनीहरुलाई मंगलबार दिउँसो १ बजे घोराही उपमहानगरपालिका वडा नं. २ बालापुरमा लुकिछिपी बसेको रहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षत्रक मुकुन्द रिजालले जानकारी दिए ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरकी ५० बर्षीया जिबा चौधरी, सोही ठाउँका ५२ बर्षीय धनबहादुर चौधरी र ६६ बर्षीया गौरी बिक रहेका छन् । प्रतिबादीहरुलाई आजै दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस