दाङको घोराहि तुलसीपुर सडक तत्काल मर्मत गर्न यातायात ब्यबसायिहरुको ध्याणाकर्षण

दाङ । घोराहि – तुलसीपुर-लमहि सडक तत्काल मर्मत गर्न यातायात ब्यबसायिहरुले ध्याणाकर्षण गराएका छन । लामो समयदेखि सडकमा साना सवारिका साधनहरु संचालन गर्न समस्या भैरहदा समेत सम्बन्धित निकाय मौन रहेको भन्दै सोमबार जिल्लाका यातायात ब्यबसायिहरुले ध्याणाकर्षण गराएका हुन ।

विभिन्न खोलाहरुको छेउमा ग्राबेलसमेत बगेर ठूला खाडलहरु परेका छन जस्ले गर्दा सर्बसाधारणहरुले हैरानि ब्यहोर्नु परेको छ, यातायात ब्यबसायि राष्ट्रिय महासघंका सल्लाहकार सुरेश हमालले भने ।

घोराहि तुलसीपुरको सडक खण्ड २ बर्षदेखि छिन्न भिन्न हुँदासमेत सरोकार वालाहरु केहि नबोलेको देख्दा दुख लागेको छ हमालले बताए । दिनहु जसो मोटरसाईकल र सार्बजनिक सवारिहरु सडकको दुराबस्थाकाकारण दुर्घटनामा पर्ने गरेका छन । यस्तो अबस्था हुँदा समेत कोहि केहि बोल्दैनन त्रिसिद्देश्वरि राप्ति यातायात प्रालिका अध्यक्ष समेत रहेका हमालले पत्रकारहरुसग बताए ।

केहिदिन अगाडि जिल्लामा सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले पत्रेखोलाको समस्या समाधान गरिए ।
अन्य स्थानहरुका समस्याहरुपनि बिस्तारै सम्बोधन हुनेछन प्रजिअको काम गर्ने शैलिले हामि आशाबादि छौ उनले भनेव। फोरलेन सडक निर्माणको नाममा जिल्लावासिले दुई बर्ष देखि दुख पाईरहेका छन सडकको काम कछुवाको गतिमा भैरहेको छ । अहिले त्यो पनि एक बर्षदेखि बन्द छ अध्यक्ष हमालले भने ।

त्यस्तै घोराहि लमहि,तुलसीपुर अमिलिया सडक समेत बर्षौदेखि स्तर उन्नति नहुँदा यातायात ब्यबसायि मात्रै हैन सर्बसाधारण समेत दिनहु हैरानि ब्यहोर्न बाध्य छन ।

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस