कुलोमा डुबेर एक बालकको मृत्यु

दाङ । दाङको देउखुरीमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ। लमही नगरपालिका वडा नम्बर ३ बनगाउँ निवासी मनिष चौधरीका ५ वर्षीय छोरा आशिसको घर नजिकै रहेको झरनैया कुलोमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
सोमवार अपरान्ह साढे बाह्र बजेको समयमा खेल्ने क्रममा आशिस कुलोमा खसेका थिए, पानीमा डुबेर अचेत बनेका उनलाई उपचारका लागि लमही अस्पताल पुर्याईए लगत्तै डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ।
बालकको शबलाई पोष्टमार्टम पछी आफन्तलाई जिम्मा लगाइने अस्पतालका प्रमुख डाक्टर रन्जिता महत ले जानकारी दिइन ।
प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस